संविधानलाई सही बाटोमा ल्याउने एक मात्र विकल्प संसद पुनस्थापना होः कोइराला

shashank koirala congress
  • 232
    Shares
लोकपाटी न्यूज

नवलपरासी। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताएका छन्।

पूर्वी नवलपरासीको देवचुलीमा आयोजित विरोधसभामा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै च्यातेको आरोप लगाए। सरकारले घोषणा गरेको निर्वाचन हुनेमा विश्वास नभएको उनले बताए।

७० वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनुपरेको कोइरालाको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको बताए।