नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ को मृत्यु, भारतमा ५२ जनामा साइडइफेक्ट देखियो

coronavirus-vaccine
  • 21
    Shares
लोकपाटी न्यूज

एजेन्सी। नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ। फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो।

अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो। मृत्यु हुनेमा ८० वर्ष उमेर समूहका रहेका छन्। नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताए। घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिए।

यता, फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ। नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ। नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ।

यता, भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ। एक जनाको अवस्था गम्भीर छ। भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो। पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो। दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो।

राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो। तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए। तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो।पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो। स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो। तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो। उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्