उपत्यकाका विद्यालयमा आजदेखि भौतिक रुपमै पढाइ सुरु

school
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ। कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गरेका हुन्।

कोरोना महामारीका कारण विगत १० महिनादेखि विद्यालय बन्द थिए। केही विद्यालयले गत असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन्।

संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन्। केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका जनाइएको छ।
उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन्। कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए। उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्