किर्तेप्रसाद ओली उट्पट्याङका महाराजा हुन् : खगेन्द्र संग्रौला

khagendra-sangraula
लोकपाटी न्यूज

काठमाडौं। लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किर्तेप्रसाद भन्दै उनी उट्पट्याङको महाराजा भएको बताएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै संग्रौलाले ओलीलाई उट्पट्याङका महाराजा भनेका हुन्।

संग्रौलाले ओलीलाई असफल प्रधानमन्त्री भनेका छन्। दुईपटक गरी चार वर्षभन्दा बढी प्रधानमन्त्री भएर पनि ओलीले केही काम गर्न नसकेको संग्रौलाको टिप्पणी छ। ओलीले झलनाथ खनाल र डा. बाबुराम भट्टराईको सरकार असफल पार्न ओलीले अनेक जालसाजी गरेको पनि आरोप लगाएका छन्।

विश्लेषक संग्रौलाले ओली टेष्टेड र पूर्ण रुपमा असफल भएको दावी गरेका छन्। उनले लेखेका छन् – ओली सरकार सञ्चालन, विकास र नीतिगत सुधारमा पूर्ण असफल भइसकेका छन्। उनले नेताहरु, पार्टी र जनताबाट पूर्ण समर्थन पाउँदा पाउँदै पनि जाल्झेल, छलकपट, किर्ते र उट्पट्याङ गर्दागर्दै देश विकास गर्नुपर्ने कुरा बिर्सिए।

यस्तो छ संग्रौलाको स्टाटस।

शक्तिशाली प्रधानमन्त्रीका रुपमा दुई कार्यकाल गरेर ओलीले चार वर्षभन्दा धेरै समय बिताइसकेका छन्। झलनाथ प्रधानमन्त्री हुँदा खेदो खनेर काम गर्न नदिने, डा. बाबुरामको सरकारलाई एउटा बजेट पनि ल्याउन नदिने ओलीको अराजक प्रवृत्ति आजको नयाँ पुस्ताले बुझ्न जरुरी छ। अहिले सबै पुराना टेष्टेड भइसके भनेर हल्ला गर्ने ओली गुटहरुले यो बुझुन् कि कम्तिमा पनि पछिल्लो २० वर्षको नेपालको प्रधानमन्त्रीको इतिहासमा सबैभन्दा लामो र अनुकूल समय प्रधानमन्त्री हुने व्यक्ति किर्तेप्रसाद ओली हुन्। ओली सरकार सञ्चालन, विकास र नीतिगत सुधारमा पूर्ण असफल भइसकेका छन्। उनले नेताहरु, पार्टी र जनताबाट पूर्ण समर्थन पाउँदा पाउँदै पनि जालझेल, छलकपट, किर्ते र उट्पट्याङ गर्दागर्दै देश विकास गर्नुपर्ने कुरा बिर्सिए। थुतुनोले चाहिँ ‘समृद्ध नेपाल’ भन्न छाडेका छैनन्।