रौतहट। एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ। आज एक सूचना जारी गर्दै गरुडा नगरपालिकाले अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो।
लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ। सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यान्यून देखिएको छ भने बजारहरुमा पनि चहलपहल कम भएको छ।