ओलीले बालुवाटार छाड्ने बेलामा मुलुक ध्वस्त पार्न सक्छन् : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज
0 Shares

बर्दिया। नेकपा प्रचण्ड-नेपाल  समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीबाट मुलुक जोगाउन अपील गरेका छन्।

गुलरियामा आइतबार आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले ओली तनाशाह भन्दै उनीबाट जोगिनु पर्ने बताएका हुन्।

ओलीलाई विश्वंशकारी भन्दै नेपालले ओलीले बालुवाटार छाड्ने बेलामा ध्वस्त पार्न सक्ने बताए। नेपालले भने, ‛हामीले यस्तो विध्वंशकारी मान्छे पाएको छौं, केपी ओलीले बालुवाटार छाड्ने बेलासम्ममा मुलुक ध्वस्त पार्न बेर छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्