काठमाडौं। संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ। संगीतकार परियारको ७६ वर्षको उमेरमा निधन भएको हो।
छातीमा खराबी देखिएपछि उनलाई उपचारका लागि उनी ओम अस्पतालमा भर्ना भएका थिए।रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका परियारले थुप्रै चर्चित गीतहरुमा संगीत दिएका छन्।