संसद् विघटनबारे लेखक संग्रौलाको दुई प्रश्न

khagendra-sangraula
  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनबारेको बहस सम्बन्धमा लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रश्न गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत लेखक संग्रौलाले प्रधानन्यायाधीश राणाले आफ्नै पश्च आफैँले जपेझैँ गरी यसो भए, त्यसो भए भनेर हरेक वकिललाई उही प्रश्न गरेको टिप्पणी गरेका हुन्। साथै संग्रौलाले प्रधानन्यायाधीश राणालाई प्रश्न पनि गरेका छन्, ‘यति यति कारणले प्रमले संसद् विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैं खोइ ?’

लेखक संग्रौलाले सोमबार फेसबुकमा लेखेको छन्, ‘इजलास प्रमुख श्रीमान् चोलेन्द्रले आफ्नै पश्च आफैँले जपेझैँ गरी यसो भए, त्यसो भए बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न किन नपाउने भनेर विघटन बेठीक हो भन्ने हरेक वकिललाई उही प्रश्न किन सोधेका होलान् ? यति यति कारणले प्रमले संसद् विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैँ खोइ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्