काठमाडौं। एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको सचिव बढुवा समितिले सचिव बढुवाका लागि नाम सिफारिस गरेको हो।
एक जना सचिवमा बढुवा गर्न सहसचिव सुमन अर्याल, भरतमणि सुवेदी र मुकुन्द पौड्याको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको छ।
बढुवाका लागि सिफरिस गरेका सहसचिवमध्ये अर्याल तथ्यांक विभागमा, सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा र पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन्।
३ जनामध्ये १ जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ। पुष २१ गते लोक सेवा आयोगबाट सचिव आनन्दराज ढकालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ।