नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि, कस्तो हो नयाँ प्रकारको भाइरस ?

Corona_Virus
  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेको जनाएको छ।

मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएको थियो। त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको हो।

नेपालमा तीन जना देखिएको र बेलायत लगायका अन्य मुलुकमा तिब्र रुपमा फैलिएको यो कोरोना भाइरस नै हो । यो अर्को कुनै नयाँ भाइरस भने नभएको चिकित्सकहरुले बताएका छन्।

भाइरसले पटक पटक आफूलाई अपडेट गराएको रुपमा यसलाई लिनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन्। ‘भाइरस पटकपटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन्। यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ’ उनले भने ।

बेलायतमा फैलिरहेको नयाँ प्रजातिको भाइरस अहिले विद्यमान भाइरुसभन्दा ५० प्रतिशत भन्दा बढी संक्रामक रहेको पाइएको जनाइएको छ। लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसार बेलायतमा फैलिएको नयाँ भेरिएन्ट कोरोना भाइरस विद्यमान भाइरसभन्दा ५० प्रतिशत बढी संक्रामक अर्थात् बढी सर्ने प्रकृतिको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अर्को एक अध्ययनले ५६ प्रीतशतदबढी सर्ने प्रकृतिको बताएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ७० बढी संक्रामक रहेको बताएका छन्।

अहिले नै यो यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन। तथापि यो शीघ्र फैलिने भएको हुँदा अस्पतालमा भर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने जनाइएको छ। यो नयाँ प्रजातिलाई भीयूआइ नाम दिइएको छ। भीयूआइ भनेको भेरिएन्ट अन्डर इन्भेस्टिगेसन हो। यो भाइरस निकै छिटो सर्ने भएकोले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन्।

 

naya-coronavirus

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्