फेरी गल्ती नगर्ने सर्तमा सिभिल लघुवित्त वित्तीय संस्था को शेयर कारोबार फुकुवा

nepse-1
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले सिभिल लघुवित्त वित्तीय संस्था को शेयर कारोबार फुकुवा गरेको छ। पुस २८ गतेबाट कारोबार रोक्का रहेको शेयर सोमबार फुकुवा गरेको हो। कारोबार समयमा लाभांश प्रस्ताव सम्बन्धी सूचना बाहिरीएपछि नेप्सेले स्पष्टिकरण माग गरी कारोबार रोक्का गरेको थियो।

सिभिल लघुवित्तले सचेत रहँदारहँदै पनि वेवसाइटमा अपलोड गर्दा संस्थाको इन्टरनेटमा खराबी भई प्राविधि कारणले पत्र समयमै अपलोड हुन नसकी ढिलो हुन गएको जनाएको छ। आइन्दा समयमै जानकारी गराउने प्रतिवद्धता समेत संस्थाले जनाएको छ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीको २०७५ को पालन गर्न सचेत गराउदै माघ ५ गतेदेखि कारोबार फुकुवा गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्