माधवजी र मेराे सम्बन्ध ओलीजस्ताे छलकपटकाे हाेइन : प्रचण्ड

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र आफ्नो सम्बन्ध ओलीको जस्तो छलकपटको नभएको बताएका छन्।

प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली छलकपट र जालझेली गर्नमा माहिर भएको बताएका हुन्। पार्टीको सहमति र पार्टीभित्रको विधान हेरेपछि सबै कुरा स्पष्ट हुने प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको प्रष्ट पारे।

प्रचण्डले भने, ‛अहिले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडिएर हेर्ने गरिएको छ। तर, यो विवाद पदको लागि होइन। विधि र विधानको मात्रै हो प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको हो।’

पार्टीभित्रको समस्याको विषयमा छलफलनै नगर्ने बहुमतको निर्णय पनि ओलीले नमान्नेका प्रचण्डले आरोप लगाए।

प्रचण्डले भने, ‛दुुई अध्यक्षको समान अधिकार भएको भएपनि उहाँले मलाई मलाई प्रथम अध्यक्ष मान्दिनुहोस् भन्नुभयो। मैले सहजै माने। मेरो गल्ती त्यही भयो। तर, उहाँले अलि पछि पुगेपछि सँगै बसेको पाइलटलाई पछि हट्नुहोस् भनेर जिद्दी गर्नु थाल्नुभयो उनले भने, त्यही विषयलाई लिएर अहिलेको अवस्था आयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्