भाइरल भिडियाेलाई सर्वाेच्चले प्रमाण मान्ने, सुवास नेम्वाङकाे भिडियाे मगाइयाे

Subash-nemwang
  • 7.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै बोलेको भिडियोले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ।

नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले इजलासमा पढेर सुनाएका हुन्।

स्मारिकाको अन्तर्वार्तामा नेम्वाङले विगतको भन्दा अहिलेको संसदीय प्रणाली फरक रहेको र अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका छन्। पोखरेलले इजलासमा भने- मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान्।

पोखरेलले संविधान सभाको अध्यक्षको रूपमा नेम्वाङको अन्तर्वार्ता रहेको बताएका छन्।नेम्वाङको अन्तर्वार्तामा भनेको कुराले संविधान सभाको इन्टेन्सन देखाउने बताए पोखरेलले।
पोखरेलले भने,‛ यो कुरा सुवास नेम्वाङले भनेको होइन। संविधान सभाको चेयर पर्सनले भनेको हो।’

उनले विगतको भन्दा फरक रहेको नेम्वाङको भनाइले पनि हाम्रो संसदीय व्यवस्थाका लागि विगतको व्यवस्थाबारे चर्चा गर्न आवश्यक नरहेको बताए। नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनु भनेका थिए।

उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए। नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए।

गत माघ ३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेम्वाङले आफूले त्यतिबेला संसद विघटन गर्न नपाइने भने पनि अहिले कुरा अर्कै भएको बताउदै आएका छन्।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : सुवास नेम्वाङ (भिडियो)

यो पनि पढ्नुहोस्

सरकारले जेसुकै गर्न पाउँछ, प्रधानमन्त्रीलाई विशेषाधिकार छ : सुवास नेम्वाङ