काठमाडौं। बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ।