काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु ओलीलाई स्पष्टिकरण सोधिएको पत्र लिएर बालुवाटार पुगेका छन्। नेकपाले प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको हो।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतका नेताहरु बालुवाटार पुगेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाइएको हो।
‘पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने। तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए। प्रचण्ड-नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठकले ओलीलाई साधरण सदस्यबाट समेत हटाउने गरी स्पष्टिकरण सोधेका थियो।
ओलीलाई स्पष्टिकरण सोध्नुका साथै महासचिव विष्णु पौडेललाई पनि महासचिव पदबाट प्रचण्ड-नेपाल पक्षले हटाएको छ।