जलजला गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय

jaljala gaupalika
  • 37
    Shares
लोकपाटी न्यूज

पर्वत। पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। लामाखेतमा आइतबार सम्पन्न ९ औं गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा करिब १ सय ५० मिटरमाथि करिब ११ रोपनी जग्गा प्राप्त गर्ने निर्णय गरेको हो।

प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो। करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो। जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामाखेतमा छ। घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ।

गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ मा विभिन्न योजनाका लागि विनियोजन भएको बजेट रकमान्तर तथा संशोधन, योजना फरफारक तथा अनुमोदन गरेको छ ।

घरनक्सा अभिलेखीकरणका लागि राजस्वका दरमा परिवर्तन गर्ने, घर नक्सा पासका लागि गाउँपालिकाभित्रका सडकमा मापदण्ड परिवर्तन गर्ने र आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयलाई मर्ज गर्ने नीति लिने निर्णयसमेत गाउँसभाले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्