प्रदेश १ मा तनावको संकेत : अधिवेशनमा प्रचण्ड–नेपालका सांसदलाई प्रवेश निषेध !

chief minister sherdhan rai pic
  • 17
    Shares
लोकपाटी न्यूज

प्रदेश नम्बर १ सभाको बुधबार सुरु हुने हिउँदे अधिवेशनमा मुख्यमन्त्री शेरधन राई समूहले नेकपा प्रचण्ड–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको छ ।
नेकपा संसदीय दलका नेता समेत रहेका राईले संसदीय दलको गतिविधिमा ३ महिनाका लागि निलम्बन गरेका १६ जनालाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाएको छ ।
प्रचण्ड नेपाल समूहले भने प्रदेशसभामा प्रवेश गर्न नदिइए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । काँग्रेसले प्रदेशसभा बैठक सरकार पक्षले चल्न  नदिने भनाइ गैर जिम्मेवारपूर्ण भएको प्रतिक्रिया दिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।