मौसम पूर्वानुमान : यी क्षेत्रमा हिमपातको सम्भावना

Mausam_Chiso
फाइल तस्वीर
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं।। आज (बुधबार) उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने जनाएको छ।

यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु् र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ।

आज दिउँसो पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्