काठमाडौं। किरण क्रियशनको निर्माणमा बनेको गीत ‘छोएर गयो पवनले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार किरण टी लिम्बुले लेखेको उक्त गीत किरण क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो।
गायिका दीपा लामाले स्वर दिएको उक्त गीतमा पूजा ठकुरी र कमल सिंहको अभिनय रहेको छ। गीतमा बलाराम समालले संगीत भरेका छन्। उक्त गीतको भिडियो विनोद वमले सम्पादन तथा निर्देशन गरेका हुन्।