काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू ५०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू ९२ हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजारमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू ५०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९२ हजारमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू ९१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलवार प्रतितोला रू एक हजार २४५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू। एक हजार २६० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू १५ ले बढेको हो ।