काठमाडौंः पुस मसान्तसम्म ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनासम्म उक्त कर्जा विस्तार गरेका हुन् । पछिल्लो समय आर्थिक क्षेत्र केही चलायमान हुँदा कर्जा विस्तार माथि गएको हो । यता, बैंकहरुले माघ महिनाको दुई दिन ९माघ २ गते० सम्ममा भने कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको संघले जनाएको छ ।
यता, पुस मसान्तसम्ममा बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यता, माघ २ गतेसम्म निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको संघको तथ्यांकमा उल्लेख छ । रेमिटेन्स आप्रवाह बढेकाले निक्षेप संकल पनि बढ्न सहयोग पुगेको हो ।