ज्याक मा देखापर्ने वित्तिक्कै सेयर बजारमा उछाल

jack Ma 2
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौंः विगत केही महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक भएपछि अलिबाबाको सेयर भाउमा उछाल आएको छ। चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिनासाथ हङकङमा सूचीकृत अलिबाबाको सेयर भाउ ५ प्रतिशतले ले बढेको छ । माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरुलाई सम्बोधन गरेका थिए।

करिब ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा बुधवार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। चीन सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने मिडिया ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडियोमा ज्याक मा १०० जना ग्रामिण शिक्षकसँग भर्चुअल रुपमा भेटेको देखिन्छ।

चिनियाँ नीतिको आलोचना गरेपछि ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। ज्याक माले अक्टोबरमा शंघाईमा एक भाषणमा चीनको वित्तीय नियामक र सरकारी बैंकहरुको आलोचना गरेका थिए। यसको अर्थ उनले चीनका राष्ट्रपति सि जिनपिंगको नीतिको आलोचना गरेको बुझिएको थियो।

नोभेम्बरमा ज्याक माको कम्पनी एन्ट ग्रुपको आइपीओ सूचीकरणमा चीन सरकारले अंकुश लगायो। आइपीओ सूचीकरणमा रोक लगाएपछि पनि ज्याक माले चीन सरकार विरोधी विवादास्पद अधिव्यक्ति दिएका थिए। त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखा पर्न छाडेका थिए।

ज्याक मा केही महिना अघिसम्म ६० अर्ब डलर नेटवर्थसहित चीनको सबैभन्दा धनी व्यक्तिका रुपमा स्थापित थिए। तर चीन सरकारले वित्तीय प्रविधि कम्पनीहरुको नियमनमा कडाई गरेर एन्ट गु्रपको आइपीओ रोक लगाएपछि २ महिनाको अन्तरालमा माको सम्पति १२ अर्ब डलरले घटेको थियो । अहिले उनी ५०.६ अर्ब डलर नेटवर्थसहित चीनको चौथो धनी व्यक्तिमा सीमित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्