फेसबुकमा युवतीलाई अश्लिल भिडियो पठाउने शाही पक्राउ

hatkadi-pakrau
  • 7
    Shares
लोकपाटी न्यूज

सल्यान। सामाजिक सञ्जालमा महिलालाई अश्लिल भिडियो र तस्वीर पठाएर यौन उत्पीडन गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर व्यूरोले सल्यानको कुमख गाउँपालिका–४ सेराडाँडा बस्ने ३६ वर्षका रमेश शाही भनिने रवि शाहीलाई पक्राउ गरेको हो।

फेसबुकमा परिचित महिला साथीलाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन गरेको उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको व्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्