चन्द्रागिरी हिल्सको सेयर कहिले होला बाँडफाँड ?

Chandragiri cabel car
  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। ग्लोबल आईएमई क्यापिटलले चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज गर्ने भएको छ। बिक्री प्रबन्धक क्यापिटलले कम्पनीको आइपीओको प्रिअलटमेन्ट आज गर्ने बताएको हो। त्यस्तै, क्यापिटलले शुक्रबार सम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गरिसक्ने जनाएको छ। क्यापिटलका अनुसार ढिलोमा शनिबार बिहान सम्ममा कम्पनीको शेयर बाँडफाँड भइसक्नेछ।

ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँड हुनेछ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।

कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ। उक्त आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ। हालसम्म उपलब्ध तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्