प्रदेश सदस्य आलेद्वारा ओली समूह केन्द्रीय सदस्य अस्वीकार

  • 8.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बामगती प्रदेश सभा सदस्य रमा आले मगरले आफ्नो समर्थन अष्टलक्ष्मी शाक्यलाई रहेको बताएकी छन्। आलेलाई नेकपा केपी समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। तर, उक्त पद अस्वीकार गरेको उनले बताइन्।

‘मेरो बारेमा अनेक हल्ला चलाइयो। केही भ्रामक प्रचार पनि भयो। तर, मेरो समर्थन अष्टलक्ष्मी शाक्यलाई नै छ,’ उनले भनिन्। आले काठमाडौं-१० (ख) बाट निर्वाचित प्रदेससभा सदस्य हुन्। उनले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेकी छन्।

बागमती प्रदेशसभा बैठक आजबाट शुरु हुँदैछ। नेकपा विभाजित भएपछि ओली समूहका मुख्यमन्त्री पौडेल विरुद्ध नेकपा प्रचण्ड-माधव समूहका ४५ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। अविश्वासको प्रस्ताव दर्ता गराउँदै शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।

यो प्रदेशमा मुख्यमन्त्री बन्न ५६ सांसद आवश्यक हुन्छ। अहिलेसम्म ४९ जनाले शाक्यलाई समर्थन रहेको र मुख्यमन्त्री बन्ने अवस्था हुँदा थप चार जनाले आश्वासन दिएको यो समूहले दावी गरेको छ। ११० सदस्यीय प्रदेशसभामा नेकपासँग ८०, कांग्रेससँग २२, विवेकशील साझाका तीन र साना दलहरुसँग पाँच सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्