काठमाडौं । बुधवार नेप्सेमा कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ। वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको हो।
यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो । सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ८८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ७५ प्रतिशतका दरले वृद्धि भएको छ।
पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताहरुले कम शेयरमूल्य भएका कम्पनीहरुको शेयर खरीद गरिरहेका छन् भने कतिपयले हकप्रद शेयरको लोभले खरीद गरिरहेका छन्।