प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

pradesh 1
  • 17
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको हो।

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका हुन्।

प्रदेश सभामा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताइएको छ।

नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ। प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्