भारतले दियो नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन, नेपाल कहिले आउँछ ?

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारतले नेपाललाई १० लाख कोरोना भाइरस (कोभिड-१९)  विरुद्धको डोज दिने भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन्।

खोप भोली (बिहीबार)  काठमाडौं आइपुग्नेछ। भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताए। पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ।

जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठी बताए।

खोप अनुदान सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यत्त: गरे । उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने योद्धाहरुका लागि खोप प्रयोग गरिने जानकारी दिए ।

‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ,’ उनले भने–‘तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्