संसद पुनस्थापना गरे स्वीकार्न तयार छौंः पौडेल

Bishnu_Paudel
  • 7.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन्। सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनका विषयमा अदालतले गर्ने फैसला सबैलाई मान्य हुने बताएका हुन्।

पौडेलले राजनीतिले कोल्टे फेर्दा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको पनि बताए। ‘अहिले राष्ट्रिय राजनीतिले कोल्टे फेरेको छ। संसद विघटनबारे संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ,’ उनले भने, ‘अदालतको निर्णय नै सबैलाई मान्य हुनेछ।’

संविधानको व्यवस्था अनुसार नै मध्यावधि निर्वाचन घोषणा गरिएको दाबी गर्दै उनले सरकारको पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे। पौडेलले मध्यावधि निर्वाचनले अस्थिरता निम्तिन्छ भन्ने तर्क गलत भएको बताए। ‘मध्यावधि निर्वाचन सबै संविधानमा व्यवस्था भएअनुसार हो। संविधानको कार्यान्वयन गर्दा अस्थिरता निम्तिदैन,’ पौडेलले भने।