प्रतिगमनको पक्षमा उभिँए कमल थापा

kamal-thapa-8
  • 100
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु वा ‘कु’ भयो भन्नु निरर्थक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले ताजा जनादेशमा जानु नै उपयुक्त हुने दोहोर्‍याएका हुन्।

विभाजित नेकपाको प्रचण्ड-माधव पक्ष र जसपाको बाबुराम उपेन्द्र पक्षले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम र प्रधानमन्त्रीले संविधानको वलात्कार गरेको आरोप लगाइरहेका बेला थापाको उक्त टिप्पणी गरेका हुन्। उनले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार, कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताए।

थापाले भनेका छन्, ‘संसद विघटनको निर्णयले प्रतिगमन भयो, कु भयो, संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ। बरु गत १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिह्न उठेको छ। यो अवस्थामा ताजा जनादेश उपयुक्त छ।’

थापाले निरन्तर ताजा जनादेशको पक्षमा आफ्नो अभिव्यक्ति दिँदै आएका छन्। उनले संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार, कुशासनलाई अन्त्य गर्न ताजा जनादेश एकमात्र विकल्प भएको मत दिइरहेका छन्।