खाने तेलको मूल्य बढाउने दुई उद्योगमाथि कारवाही

banijay-bivag
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागद्वारा खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरिएको छ। विभागले केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको हो।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ। बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँले बताए।

बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रा.लि. र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रा.लि.लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीनरतीन लाख जरिवाना गरिएको हो।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ। तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर रु ४० र भटमासको तेल लिटरमा रु २० भन्दा बढीले मूल्य बढाइएको छ।

अनुगमनका क्रममा अस्वाभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ। मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्