काँग्रेसको तटस्थताले प्रतिगमनलाई मदत गर्छः डा. भट्टराई

Baburam-Bhattarai
  • 136
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतराको रूपमा औँल्याएका छन्। बुधवार सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो। कुनै किन्तु परन्तु नगरौं।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाईसमेत व्यंग्य गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बढी जानेका भन्ठान्नेहरु तटस्थ बस्ने गरेको आरोप लगाए। ठिक र बेठीक बिचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरु र गहिरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने गरेको भट्टराईको भनाइ छ।

उनले लेखेका छन्, ‘यस्तो बेला तटस्थताले बेठीक, असत्य, अन्यायलाई मद्दत गर्छ। अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ। अरू सहायक हुन्छन्।’ देउवाले संसद् पुनर्स्थापना या निर्वाचन के भन्ने विषयमा काँग्रेसले आफ्नो धारण बनाउन नसकेको भट्टराईको बुझाइ छ।

पछिल्लो समय देउवा सर्वोच्च अदालतले संसद पुनर्स्थापना या निर्वाचन जे निर्णय गरे पनि आफूलाई स्वीकार्य भएको बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीलाई हेरेर सबै नेता उस्तै हुन् भनेर आन्दोलन नगर्ने गल्ती नगर्न पनि भट्टराईले आम नागरिकलाई आग्रह गरे। उनले अहिलेको आन्दोलन भनेको कुनै नेताका निम्ति नभएर संविधान बचाउने आन्दोलन भएकाले सबै जनालाई सहभागी हुन आह्वान गरे।

भट्टराईले ट्विटरमा लेखेका छन्ः ‘ठिक र बेठिक बिचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहिरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन्। यस्तो बेला तटस्थताले बेठिक/असत्य/अन्यायलाई मदत गर्छ। अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ, अरू सहायक हुन्छन्। अहिले ओली प्रतिगमन प्रमुख खतरा हो। कुनै किन्तुपरन्तु नगरौं!’