सिटिजन्स बैंकको नाफा ८७ करोड ५१ लाख बढि

  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा २७.२६प्रतिशत ले खुद नाफा बढाएको हो । गत वर्ष ६८ करोड ७७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा भने ८४ करोड ८० लाख ४२ हजार रुपैयाँ रहेको छ ।

सिटिजन्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार आएपछि खुद नाफा पनि बढेको देखिन्छ । यस्तै, गैर सञ्चालन आम्दानीमा पनि बढेको छ । दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको सञ्चालन नाफा भने २१.५६५ ले बढेर १ अर्ब १६ करोड २० लाख ९० हजार रुपैयाँ पुगेको छ । गैर सञ्चालन आम्दानीले पनि बैंकको नाफा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्ष २ करोड ६४ लाख रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यसपालि ११ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सिटिजन्स बैंकको खराब कर्जा बढेको छ । खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको छ । पुस मसान्तमा यस बैंकको बेस रेट ८.२५ प्रतिशत र स्प्रेड रेट ४.०८ प्रतिशत रहेको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ७० लाख २ हजार रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख ७२ हजार रुपैयाँ छ । यस्तै, रिडेन्ड अर्निङ ८७ करोड ६७ लाख ७८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्