२० दिनका लागी तातोपानी नाका बन्द हुने

  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल-चीनबीचको व्यापारिक नाका तातोपानी विहीबारदेखि २० दिनका लागि बन्द हुने भएको छ। नाकामा रोकिएको सबै सामान बुधबारसम्म ल्याएर नाका बन्द गरिएको हो।

चीनले मितेरी पुल पुर्ननिर्माणका लागि नाका बन्द गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार मंगलबार ३० कन्टेनर र बुधबार २२ कन्टेनर गरेर ५२ वटा कन्टेनर सामान भित्रिएका छन्।

गत मंसिर १० गते देखी माघ ६ गते सम्म तातोपानी नाकाबाट करीब ७ सय २८ कन्टेनर भन्सार कार्यालयमा भित्रिएको खत्रीको जानकारी दिए। उनका अनुसार साउनदेखि ४२ करोड राजस्व असुली भएको छ। पछिल्लो एक साता मात्रै तीन करोड राजस्व असुली भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्