यि हुन नेपाली बजारमा सस्तोमै खरिद गर्न सकिने कारहरु

  • 58
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। नेपाली अटो बजारमा ह्याचब्याक कार सर्बाधिक लोकप्रिय सेग्मेन्टमा पर्छ। कम मूल्य, उच्चतम माइलेज र मर्मत सम्भार शुल्क समेत कम पर्ने हुँदा ह्याचब्याक कार मध्यम आय स्तर भएका उपभोक्तामाझ लोकप्रिय बनेको हो। चालक सहित ५ जना यात्रुले आरामदायी यात्रा गर्न सकिने यी कार कम मूल्यमै खरिद गर्न सकिन्छ।

ड्याटसन गो
जापनिज अटो मेकर निसान अन्तर्गतको यो कार प्रिमियम सेग्मेन्टमा गनिन्छ। १२ सय सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ७५.९४ एचपी र टर्क १०४ एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा औसत १९ किलोमिटर माइलेज दिने दाबी गरिएको यसको मूल्य नेपाली बजारमा २६ देखि २८ लाख रुपैयाँसम्म पर्छ। पायोनियर मोटोकर्पले नेपाली बजारमा यसको अयात गरी कारोबार गर्दै आइरहेको छ।

रेनो क्विड
फ्रेन्च अटो मेकर रेनो क्विड ह्याचब्याक सेग्मेन्टमा पछिल्लो समय चर्चामा रहन सफल कार हो। १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ६८ एचपी र टर्क ९१ एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा औसत २० किलोमिटर माइलेज दिने दावी गरिएको यसको मूल्य नेपाली बजारमा २५ लाख देखि २६ लाख ४९ हजार रुपैयासम्म पर्छ। एड्भान्स अटोमोबाइलले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ।

सुजुकी सेलेरियो
सुजुकी ब्रान्डको प्रिमियम ह्याचब्याक सेलेरियो यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने कार मध्येमा गनिन्छ। १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ५० किलोवाट र टर्क ९० एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा औसत २० किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा २५ लाख देखि २७ लाख ४९ हजार रुपैयाँसम्म पर्छ। सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ।

सुजुकी अल्टो
इन्ट्रि लेबलको सबैभन्दा सस्तो र बलियो कारका रुपमा चर्चा बटुलेको अल्टोले नेपालको ट्याक्सी बजारमा एकछत्र बजार लिन सफल भएको छ। ८ सय सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ४७.३ एचपी र टर्क ६९ एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा औसत २२ किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा १९ लाख देखि २३ लाख रुपैयाँसम्म पर्छ । सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ।

सुजुकी एस-प्रेसो
एसयुभी प्रेरित लुक्स तथा डिजाइन भएको एस-प्रेसोले नेपाली बजारमा खासै चर्चा बटुल्न नसके पनि भारतीय बजारमा भने यसलाई लोकप्रिय कारका रुपमा लिने गरिन्छ। १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ६७ किलोवाट र टर्क ९० एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा औसत २१ किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा २३ लाख देखि २५ लाख ४९ हजार रुपैयाँसम्म पर्छ। सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ। साभार: नेपाल अटो

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्