आप्रवासीको पक्षमा बाइडेनको बोल्ड निर्णय

Joe_Biden
  • 215
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी ४६ औं राष्ट्रपति जो बाइडेनले शपथग्रहण लिएको केही घण्टामै आफूले प्रतिबद्धता गरेको कुरा पुर्‍याएका छन्। उनले ह्वाइट हाउसको ओभल कार्यालयमा बसी आजै १५ वटा कार्यकारी आदेश जारी गरेका छन्।

ट्रम्पले जारी गरेका र प्रतिबन्ध गरेका कार्यकारी आदेशलाई उनले उल्ट्याइ दिएका छन्। उनका कार्यकारी आदेशहरू कोभिड-१९, युएस मेक्सिको पर्खाल, विश्व स्वास्थ्य संगठन प्रवेश, संघीय कार्यालयमा मुखावरण लगाउने, अमेरिकनहरूलाई राहत सहयोग, वातावरण, मानव अधिकार, जनगणना, आप्रवासन, मुस्लिन प्रतिबन्ध लगायत गरी १५ वटा रहेका छन्।

उनले ओभल कार्यालयमा आफ्नो पहिलो उपस्थितिको समयमा ‘साहसिक’ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको जानकारी गाए। ‘आज सुरु गर्न जस्तो समय छैन,’ बाइडेनले सञ्चारकर्मीसँग भने। उनले यी कार्यहरू अमेरिकी जनताप्रति गरेका आफ्ना प्रतिज्ञाहरू पालन गर्नका लागि गरेको बताए।

बाइडेनले अगाडी भने, ‘हामीलाई धेरै चीजहरूको लागि कानून चाहिन्छ।’ बाईडेनको प्रस्तावमा १ करोड १० लाख असुचिकृत आप्रवासीलाई नागरिकताको अवसरसम्म दिने प्रस्ताव रहेको थियो। असुचिकृत आप्रवासीले ५ वर्षमा स्थायी आवासीय पत्र (ग्रिन कार्ड) र त्यसको ३ वर्षमा अमेरिकी नागरिकता दिइने कुरा समेटिएको छ।

१ करोड १० लाख आप्रवासीलाई नागरिकतासम्मको सुविधा दिने बाईडेनको प्रस्ताव पारित भएका अमेरिकी इतिहासमा यो ठूलो काम हुने र यो सन् १९८६ मा राष्ट्रपति रेगनको आप्रवासन सुधारपछिको जस्तो ठुलो काम हुनेछ। उक्त समयमा ३० लाख असुचिकृत आप्रवासीलाई सूचीकृत गर्दै नागरिकताको सुविधा दिइएको थियो।

आप्रवासन सुधारको बृहत् कार्यक्रम कांग्रेसबाट पारित हुन त्यत्ति सजिलो भने छैन। केही काँग्रेस सदस्यहरूले बाईडेनलाई सावधानीपूर्ण कदम चाल्न सुझाव दिएका छन्। ओबामा शासनकालमा सुरु भएको बाल्यकालमा अमेरिका आएका आप्रवासी लक्षित डाका कार्यक्रम पुनर्स्थापित गर्न चाहन्छन्।

ट्रम्प सरकारले उक्त सुविधा अन्त्य गर्न चाहेको थियो तर सर्वोच्च अदालतले २०२० को जुनमा सरकारको कदममा अवरोध गरेको थियो। डाका अन्तर्गत ७ लाख आप्रवासी अमेरिकामा रहेको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्