ओलीलाई सिंहदरबारबाट गलहत्त्याउँछौंः नेता गिरी

  • 162
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले कम्युनिस्टहरू लोकतान्त्रिक हुन नसक्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित विरोधसभामा गिरीले असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसले सशक्त रुपमा आन्दोलन गरिरहेको बताए।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर कम्युनिस्टहरू लोकतन्त्रलाई मान्दैनन् भन्ने सन्देश दिएको गिरीको भनाइ छ। उनले काँग्रेसका लागि ओली सरकारलाई सिंहदरबारबाट गलहत्याएर जानेभन्दा अर्को विकल्प नरहेको बताए।

निर्वाचनका बेला काँग्रेसलाई घेराबन्दी गरेर एमाले र माओवादीले व्यक्ति स्वार्थका लागि अपवित्र गठबन्धन गरेर झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउने सामर्थ राख्न नसकेको गिरीको भनाइ छ।

गिरीले भने, ‘कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रलाई मान्दैनन्। निरंकुश र अधिनायकवादी हुन्छन्। झण्डै दुई तिहाइ ल्याउँदा पनि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी दिनुभएको छ।’

यस्तै नेता सरकारले प्रदेश १ र बागमतीको प्रदेश सभालाई अनिश्चितकालीन समयका लागि स्थगित गरेको आक्रोश व्यक्त गरे। गिरीले कम्युनिस्टहरूबाट काँग्रेसले सत्ताच्युत गर्ने बेला आएको जिकिर गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्