मन्दीको समयमा पनि चीन कसरी आर्थिक बृद्धि गरिरहेको छ?

  • 97
    Shares
लोकपाटी न्यूज

चीनले आफ्ना गतिविधि, निर्णय र विधिद्वारा विश्वलाई सधै चकित पारेको छ। सैन्य शक्तिमा भएको असाधारण बृद्धिबाट आफूलाई समृद्ध देश बनाउने र विश्वको उत्पादनक्षेत्रको हब बन्न चीनले रकेटको गतिमा काम गरेको छ। १९७९ मा अर्थव्यवस्थालाई वैदेशिक लगानीमा खोल्न र आर्थिक सुधार लागू गर्नका कारण केवल ४० बर्षमा विश्वको आर्थिक तथा सैन्य सुपरपावर बन्न सफल भएर विश्वलाई चकित पारेको छ।

सन् २०१९ को अन्त्यमा चीनले विश्वलाई फेरि एकपटक चकित पा¥यो जव चीनको एक सहर वुहानबाट खतरनाक कोरोना भाइरस संसारभर फैलियो। यो भाइरसले सम्पूर्ण विश्वलाई असहाय र पक्षाघात बनायो र पूरै बर्ष यस महामारीको साथ युद्धमा बित्यो। यो लडाई अझै जारी छ।

यस समयमा, सबै देशको, आम जनता र पश्चिमी विश्वका विकसित र सम्पन्न देशको अर्थव्यवस्थामा धक्का पुग्यो। विश्वले अझै पनि यस महामारीको प्रभावबाट अर्थव्यवस्थालाई पुनर्जीवित गर्न कोशिस गरिरहेको छ। यद्यपि यस अवस्थामा पनि चीनले सम्पूर्ण विश्वलाई फेरी चकित पारेको छ। जब विश्वका धेरैजसो देशहरुका अर्थतन्त्र ऋणत्मक वृद्धि वा संकुचनको अनुभव गरिरहेका छन् वा सामान्य विकासको लागि सङ्घर्ष गरिरहेका छन्, चीनले भने राम्रो वृद्धिको तथ्याङ्क विश्वलाई चकित पारेको छ।

चीनले प्राप्त गरेको अर्थतन्त्र बृद्धि भएको गति कोरोनासँग संघर्ष गरिरहेका अन्य देशहरूको लागि कल्पना गरेको भन्दा बढी छ। क्रिसिलका मुख्य अर्थशास्त्री डीके जोशीका अनुसार कोरोना प्रारम्भिक चरणमै नियन्त्रणको कारण चीनले आर्थिक बृद्धि गर्न सफल भएको हो। डीके जोशी भन्छन्, “महामारी पहिलो पटक चीनमा शुरू भयो र उनिहरु यसलाई नियन्त्रण गर्न द्रुत गतिमा लागेका थिए। उनिहरुलाई थाहा थियो कि सम्पूर्ण समस्याको जड कोभिड-१९ हो। यदि कोभिड-१९ लाई नियन्त्रण गर्न सकियो भने  आर्थिक विकस गर्न सहज हुन्छ। आर्थिक गतिविधिहरु पनि बढाउन सकिन्छ। यसैले चीनको वृद्धि केवल एक चौथाई मात्रै नकरात्मक थियो र त्यस पछि बिस्तारै बढ्न थाल्यो। ”

आईएमएफको अनुमान २०२१ मा ७.९ प्रतिशतको रफ्तारमा चीनबाट बढ्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको आर्थिक वृद्धि पूर्वानुमान २०२१का लागी ८.२ अनुमान गरेको थियो। पछि कोषले घटाएर ७.९ प्रतिशत गर्यो। पहिलो आईएमएफले २०२१ मा चीनको अर्थतन्त्र ८.२ प्रतिशतको बृद्धि हुने अनुमान गरेको थियो। वृद्धिको पूर्वानुमान घटाए पनि ७.९ प्रतिशतको आंकडा यस्तो छ कि यो सम्भवतः विश्वको कुनै पनि देशका लागि सम्भव छैन।

चीनको तथ्याङ्क के हो?
गत वर्ष चीनको अर्थतन्त्र २.३ प्रतिशतको दरले बढेको थियो। २०२० को शुरुमा कोभिड-१९ को लकडाउन लगायतको बन्दले गर्दा अर्थतन्त्रमा सुस्तता आए पनि  चीन अघि बढ्न सफल भएको छ। अन्तर्राष्ट्रिय आर्थिक विकास, व्यापार, लगानी र टेक्नोलोजीमा विशेषज्ञता राख्ने विकासकर्ता देशहरूको संस्था (आरआईएस) को अनुसन्धान र सूचना प्रणालीका प्राध्यापक डा. प्रबीर डे भन्छन् यदि हामीले कोभिड को युगलाई हेर्‍यौं भने गत वर्ष फेब्रुअरीदेखि यस वर्ष जनवरीमा, चीन विश्वको एक मात्र प्रमुख अर्थव्यवस्था हो जुन सकारात्मक बृद्धिसँग निरन्तर वृद्धि भइरहेको छ।

यद्यपि चीनको अर्थतन्त्र गत चार दशकहरूमा पहिलो पटक २०२० मा सबै भन्दा ढिलो गतिमा बृद्धि भएको थियो। तर डा. डे भन्छन्, “चीनको जीडीपी आकार हालको मूल्य अनुसार करिब १० खर्ब डलर हो। यस अवस्थामा यदि १ प्रतिशतको वृद्धि भयो भने त्यसले ठूलो असर पार्छ।” २०२० को अन्तिम त्रैमासमा अक्टोबरदेखि डिसेम्बरको अवधिमा चीनको वृद्धि ६.५ प्रतिशत छ, जुन एक ठूलो आंकडा हो।

इकोनाेमिस्ट इंटेलिजेंस युनिटका प्रिन्सिपल इकोनाेमिस्ट यू सुका अनुसार, “जीडीपीको तथ्याङ्कले देखाउँदछ अर्थव्यवस्था लगभग सामान्य अवस्थामा पुगेको छ। कोभिड-१९ को वर्तमान अवस्थाका कारण उत्तर चीनका केही प्रान्तहरूमा  उतार चढावहरू हुन सक्छन्। ”

जुलाई-सेप्टेम्बरको क्वार्टरमा गत वर्षको समान त्रैमासिकको तुलनामा चीनको वृद्धि ४.९ प्रतिशत थियो। २०२० को पहिलो महिनामा चीनको वृद्धि नकारात्मक ६.८ रहेको थियो किनभने देशभर प्राय सबै कारखाना र उत्पादन संयंत्र बन्द भएको थियो। दोस्रो त्रैमासिकमा चीनको वृद्धि ३.२ प्रतिशत रहेको थियो र यस त्रैमासिकदेखि चीन पुनर्प्राप्तिको बाटोमा थियो।

यो कुरा पनि ध्यान राख्नु महत्वपूर्ण छ कि चीनले यो बृद्धि त्यस समयमा हासिल गरेको थियो जब सारा विश्वमा कोरोना भाइरसको फैलावटको बारेमा क्रोध उत्पन्न भएको थियो र चीनसँग व्यवसाय नगर्ने योजनाहरू विश्वभरिका देशहरुले बनाइरहेका थिए।

के कारणहरू छन् ?

अर्थशास्त्री प्रोफेसर अरुण कुमार भन्छन् चीनको अर्थतन्त्र फिर्ती पछाडि दुई तीन कारणहरु छन्। उनी भन्छन्, “पहिले चीनले महामारीलाई चाँडै नियन्त्रण गर्यो। त्यसपछि उनीहरूले अर्थव्यवस्था चाँडै नै खोलिदिए। महामारी नियन्त्रणको कारण चीनले अन्य देशहरू जस्तै समस्याको सामना गर्नु परेन।”

प्रो कुमार भन्छन, चीनले कोरोना भाइरसलाई एक क्षेत्रबाट अरु क्षेत्रहरुमा फैलन दिएन । उसले यसलाई सोही प्रान्तमा नै नियन्त्रण गरे। यस कारणले चीन अर्थव्यवस्थाको पुनर्निर्माणमा सफल भयो।

निर्यात र निर्माणमा गति

डिसेम्बर २०२० मा चीनको निर्यात क्षेत्र पनि द्रुत गतिमा बढेको छ। चीनको व्यापार बचत डिसेम्बरमा एक रेकर्ड पुगेको छ। विश्वव्यापी रुपमा स्वास्थ्य सेवा उपकरणको माग र घरबाटै काम गर्ने टेक्नोलोजीको मागले गर्दा चीनको निर्यातलाई सुरक्षित राखेको छ। प्रो अरुण कुमार भन्छन्, “यस्तो लागेकाे थियाे कि महामारीको कारणले चीनको निर्यातमा ठूलो गिरावट आउँछ, यो भएन।”

“चीनबाट कोभिड-१९ को प्रसारको कारण, बाँकी देशहररुले चीनसंग हुने माग कमजोर हुनेछ भन्ने सोचाइ थियो, तर यसको विपरित भयो विश्वभरिका देशहरूले चीनबाट सामान किन्न थाले।” उनी भन्छन चीनबाट आक्रोशको कारण अन्य देशहरूले त्यहाँबाट सामान किन्ने छैनन् भन्ने अनुमान गरिएको थियो, तर त्यसो भएन। डिसेम्बरमा चीनको निर्यात १८.१ प्रतिशतको गतिमा बढेको छ। जबकि नोभेम्बरमा यो वृद्धि २१.१ प्रतिशत थियो।

क्रिसिलका डीके जोशी भन्छन्, “चीनको बृद्धि मुख्यतया उत्पादन क्षेत्रबाट आएको हो। चीनको निर्यात पनि स्थिर छ। साथै, चिनियाँ सरकारले पनि पूर्वाधारमा ठूलो पैसा लगानी गरिरहेको छ।” अघिल्लो वर्षको तुलनामा डिसेम्बरमा अमेरिकाको निर्यात पनि ३४.५ प्रतिशतले बढेको छ। अर्कोतर्फ अमेरिकी सामानको चीनमा आयात पनि ४७.७ प्रतिशतले बढेको छ, जुन जनवरी २०१९ पछि सब भन्दा उच्च हो।

पूरा वर्षको लागि संयुक्त राज्य अमेरिकाबाट चीनको व्यापार बचत ३१७ अमेरिकी अर्ब डलर भएको छ, जुन २०१९ को तुलनामा सात प्रतिशत बढी छ। गत वर्ष सेप्टेम्बरमा, चीनको निर्यात डाटाबाट रिकोभरीको संकेतहरु मिल्छ। यस अवधिमा सेप्टेम्बर २०१९ मा चीनको निर्यात ९.९ प्रतिशतको गतिले बढेको छ भने आयातमा १३.२प्रतिशतले वृद्धि भएको छ। वर्तमानमा, यस्तो देखिन्छ कि चीनको निर्माण क्षेत्र सुधार भएको छ। औद्योगिक उत्पादनमा ७.३ प्रतिशतले वृद्धि देखिएको छ।

प्रो डे भन्छन् चीनको अझै पनि धेरै जसो देशहरुसंग ट्रेड सर्पलस नै छ। चीनले आफूलाई ठूलो रूपले सुधार गरेको छ र व्यापार वातावरण अनुकूल छ। २०२० को शुरुमा, चीनको केन्द्रीय बैंकले वृद्धि र रोजगारीलाई समर्थन गर्न कदम चाल्न थाल्यो। गत वर्ष फेब्रुअरीमा, पीपुल्स बैंक अफ चाइनाले रिभर्स रेपो मार्फत अर्थतन्त्रमा जम्मा १.७ ट्रिलियन युआन (२४२.७४ अरब डलर) थप्यो। बर्षको अन्त्यमा डिसेम्बरमा चीनको केन्द्रीय बैंकले ९५० अर्ब युआन (१४५ अर्ब डलर) मध्यम अवधिको ऋण सुविधाको माध्यमबाट लगानी गरेको छ।

डिसेम्बर लगातार पाँचौं महिना थियो जब चीनले यो उपकरणको प्रयोग गरी अर्थव्यवस्था अबस्था अनुकुल बनायो। यसबाहेक, केन्द्रीय बैंकले ऋणमा ब्याज दर २.९५ प्रतिशत स्थिर राखेको छ। गत एक वर्षमा चीनमा २.४४ ट्रिलियन युआनको नयाँ ऋण वितरण गरिएको छ। विशेष गरी यी ऋणहरू साना कम्पनीहरूलाई दिइएका छन्।

घरेलू उपभोगमा जोड

यद्यपि कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्राहरुमा प्रतिबन्ध थियो तर चीनमा घरेलु पर्यटनले अर्थव्यवस्थालाई पुनर्जीवित गरेको छ। अक्टोबरमा, लाखौं चिनियाँहरूले चीनमा मनाइएको गोल्डन वीकमा यात्रा गरे। गोल्डन वीक हरेक बर्ष छुट्टीहरू हुने गर्छ। यी आठ दिनको बिदाको अवधिमा ६३.७ करोडको यात्रा गरे जसबाट चीनले ६९.६ बिलियन डलर राजस्व कमायो।

चीनको अर्थव्यवस्था आधारमा लगानी र निर्माणमा आधारित छ। यद्यपि चीनले यसलाई उपभोग र सेवामा आधारित बनाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ। प्रो डे भन्छन्, चीनले पूर्वाधारलगायत अन्य क्षेत्रहरुमा अत्यधिक लगानी गरेको छ र माग सिर्जना गरेको छ।

डे का अनुसार, २००९ को ग्लोबल फाइनान्सियल क्राइसिसबाट चीनले पाठ सिक्यो र आफ्नो अर्थव्यवस्थालाई निर्यात र निर्माणमा आधारित अर्थव्यवस्थाबाट घरेलु खपत र सेवा बजारमा सार्न शुरू गर्यो। यद्यपि जोशी भन्छन्, चीनमा घरेलु खपत त्यति बढेको छैन र चीनले पहिलेको जस्तो पूर्वाधारको बृद्धि गरेर बढाइरहेको छ। पहिले चीनको उपभोग बढ्यो जुन अहिले सम्म कुनै पुनरभरण छैन।

चीनमा घरेलु बचत दर गत १० बर्षको ऐतिहासिक स्तर भन्दा माथि छ। जोशीका अनुसार विकासको कारण चीनमा उपभोग बढ्नु होइन। प्रो अरुण कुमार भन्छन, महामारीको बेलामा चीनले यसको उपभोगमा धेरै ध्यान दिएको छ। उनका अनुसार, “अन्य देशहरूमा बढ्दो बेरोजगारीका कारण उपभोग पनि कम भएको छ। यस्तो अवस्थामा चीनले अपनाएको नीतिले चीनलाई छिटो सुधार गर्न मद्दत पुर्‍यायो।”

चीन अलग गर्ने अभियान फीका

कोभिड महामारी फैलिरहेको समयमा, विश्वभरि नै चीन प्रति देखिएको क्रोध अब देखिँदैन र हरेक देशले चीनबाट सामानहरू माग्दै छन्। फार्मा, चिकित्सा र सबै अन्य माग चीन जाँदैछन्। डे भन्छन चीनको अलगाव अर्थहीन साबित भएको छ। यस बाहेक, धेरै कम्पनीहरूले चीन छोड्न चहान्थे, तर धेरै कम्पनीहरु त्यही रहे, ३० ३५ कम्पनीहरु बाहेक। यसको कारण यो हो कि चीनले लगानीकर्ताहरूलाई हर सम्भव सुविधा र सुरक्षा दिन्छ।

प्रो अरुण कुमार भन्छन्, “चीनको आपूर्तिमा केही प्रतिबन्धका कारण भारतमा अटोमोबाइल क्षेत्र समस्याग्रस्त छ।” कम्पनीहरूले अचानक चीन छोड्न सजिलो छैन। आपूर्ति श्रृंखला जस्ता चीजहरू एकै दिनमा परिवर्तन गर्न सकिदैन। चीनको आपूर्ति श्रृंखला धेरै बलियो छ र यदि कोही विविधता ल्याउन चाहन्छ भने, यसको लागी समय लाग्छ र यसमा लागत पनि लाग्छ।

विदेशी कम्पनीहरूले चीन छोड्ने प्रश्नमा क्रिसिलका मुख्य अर्थशास्त्री डीके जोशी भन्छन्, “यो पहिले नै भइरहेको छ। चीनबाट श्रम सघन व्यवसाय अन्य देशहरूमा जाँदै छ। उदाहरणका लागि कपडाको काम बंगलादेशमा सरेको छ।“महामारीको क्रममा चीनबाट अरु देशहरुमा त्यस्ता कम सीमान्तको कामलाई सार्न नसक्ने गति बढेको छ।”

“चीनले अब महँगो महँगो इलेक्ट्रोनिक्स चीजहरूमा ध्यान केन्द्रित गरिरहेको छ,” उनी भन्छन्।

चीनले आरसीईपीको नेतृत्व गर्छ

चीनसहित एशिया प्रशान्त महासागर क्षेत्रका १५ देशहरूले नोभेम्बर २०२० मा “विश्वको सबैभन्दा ठूलो व्यापार सन्धि” मा हस्ताक्षर गरे। यो व्यापार सन्धिमा सामेल भएका देशहरू विश्व अर्थतन्त्रको एकतिहाइ नजिक छन्। क्षेत्रीय बृहत् आर्थिक साझेदारी अर्थात आरसीईपीको दक्षिण-पूर्वी एशियामा दश देशहरू छन्। यी बाहेक दक्षिण कोरिया, चीन, जापान, अष्ट्रेलिया र न्यूजील्याण्ड पनि यसमा सामेल भएका छन्।

प्रो डे का अनुसार यस सम्झौताको लागि १२ बर्षदेखि वार्ता भइरहेको थियो। चीनको एक मात्र चासो छ व्यापार, व्यापार र व्यापार। यो सम्झौता यस रणनीति को एक हिस्सा हो। आरसीईपीमा चीन बाहेक सबै १४ देशसँग चीनको व्यापार बचत छ।

ईयुको साथ व्यापार सम्झौता

यस बाहेक युरोपेली संघ र चीनबीच पनि ठूलो लगानी सम्झौता भएको छ। अमेरिकाका नवगठित राष्ट्रपति जो बिडेनले ईयूलाई यस सम्झौतामा हतार नगर्न सल्लाह दिएका थिए। र पनि ईयु र चीनले सम्झौताको सिद्धान्तमा सहमति गरेका छन्। सम्झौतालाई लगानी सम्बन्धी विस्तृत सम्झौता (सीएआई) नाम दिइएको छ र यसको प्रारम्भिक मस्यौदा दुबै डिसेम्बरमा दुबै पक्षले अनुमोदन गरेको छ।

डीके जोशी भन्छन्, “चीनको लगानी सम्झौता र युरोपियन युनियनसँगको आरसीईपी सम्झौताले देखाउँदछ कि महामारीले चीनमा खास प्रभाव पारेन। ईयूसँगको सम्झौतामा पनि चीनले धेरै सहुलियत र सर्तहरू राखेको छ। स्वीकार गर्न सहमत भएको छ।”

यस सम्झौताको अन्तर्गत युरोपेली कम्पनीहरूले चिनियाँ बजारमा प्रवेश गर्ने बढी अवसर पाउने छन र इलेक्ट्रिक कार, निजी अस्पताल, घर जग्गा, टेलिकम क्लाउड सेवालगायतका धेरै क्षेत्रमा लगानी गर्न सक्नेछन्।

चीनले विदेशी कम्पनीहरूबाट टेक्नोलोजी ट्रान्सफरको आवश्यकतालाई पनि हटाउनेछ र पारदर्शिता बढाउनेछ। चीनले यस सम्झौताको माध्यमबाट युरोपेली देशहरूको ठूलो लगानी लिन सक्नेछ यो विश्वास छ। प्रो डेका अनुसार, युरोपमा चीनको पनि बलियो लगानी छ र चीनले सबै किसिमका सामानहरू प्रदान गर्दछ।

अमेरिका, भारत र अन्य अर्थतन्त्रहरू किन पछाडि छन्?

ठूला अर्थव्यवस्था मध्ये, भारत त्यो देशहरु मा छ जहाँ अर्थव्यवस्थामा सबैभन्दा ठूलो झटका परेको छ। यस बाहेक, अमेरिका र अन्य देशहरू पहिले नै सुस्तीको अवधिमा थिए र कोभिड ले यी अवस्था झनै नराम्रो बनायो। प्रो कुमार भन्छन्, “यदि मैले चीनको तुलनामा भारतलाई हेरेँ भने मेरो हिसाबले देशको अर्थतन्त्र यस वर्ष करिब २५ प्रतिशतले संकुचित हुनेछ। हामी यहाँको बृद्धि तथ्यांकमा असंगठित क्षेत्रलाई समावेश गर्दैनौं। यसका कारण सही तथ्यांक देखिएन।”

उनि थप्छन, अमेरिकाका मानिसहरूले कोरोनाको बारेमा धेरै सतर्कता देखाएनन्। यी कारणहरूले गर्दा बारम्बार लकडाउन भएको थियो। यसले अमेरिकामा अर्थतन्त्रको सुधार हुन दिएन। अर्कोतर्फ, चीनले यहाँ कडा नियन्त्रण ग¥यो। चीनले यसलाई रोक्न सफल भयो। यसले उनीहरूलाई अर्थव्यवस्था सहि दिशामा फर्काउन मद्दत गर्‍यो।”

यद्यपि क्रिसिलका प्रमुख अर्थशास्त्री डीके जोशीका बिचारमा भारतलाई विकासको दृष्टिले चीनसँग तुलना गर्न सकिदैन। भारतको शुरुमा द्रुत गतिमा गिरावट आएको थियो तर पछि त्यहाँ अपेक्षाभन्दा चाँडो सुधार पनि भएको थियो।

पछिल्लो २ ३ दशकमा चीनको वृद्धि

चीनले लगभग ४० वर्ष अघि आर्थिक सुधार र व्यापार उदारीकरणको नीति कार्यान्वयन गर्‍यो। त्यस समयमा, चीन एकदम गरिब, अस्थिर ठाउँ थियो, केन्द्रिय नियन्त्रणमा थियो र विश्व अर्थतन्त्रबाट काटिएको थियो।

१९७९ मा, चीनले आफ्नो बजार खोल्ने र विदेशी व्यापारलाई अनुमति दिने निर्णय गर्‍यो। यसपछि, चीन विश्वको सबैभन्दा द्रुत बृद्धि गर्ने अर्थतन्त्र बन्न गयो। २०१८ सम्ममा चीनको वास्तविक जीडीपी वृद्धि ९.५ को औसतमा बढेको थियो। विश्व बैंकले यसलाई “इतिहासको कुनै पनि प्रमुख अर्थव्यवस्थाको सब भन्दा द्रुत बृद्धि दिगो विस्तार” भन्यो।यद्यपि चीनको अर्थतन्त्रको विकास कमजोर भएको छ र सन् २००७ मा १४.२ प्रतिशतको गतिबाट २०१८ मा घटेर ६.६ प्रतिशतमा झरेको छ।

गत दुई दशकहरूमा चीनको औसत आर्थिक वृद्धि करीव नौ प्रतिशत रहेको छ। ऐतिहासिक रूपमा चीन बलियो आर्थिक बृद्धि दरको साथ अगाडि बढेको छ। २१ औं शताब्दीको पहिलो दशकमा, चीनको वृद्धि दुई अंकमा भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्