प्रचण्ड-माधवले फिल्म देखाइरहेका छन्ः ओली

KP_Oli_PM
  • 347
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको बताएका छन्। बिहीबार आफू निकट प्रेस संगठनको दोस्रो भेलामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौं।’

ओलीले आफूविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यंग्य समेत गरे। ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौं,’ उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं।’ उनले प्रचण्ड-माधव नेपाल पक्षले जनतालाई सिनेमा देखाइरहेको आरोप समेत लगाए।

‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ ? हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्‍या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन,’ उनले भने, ‘केही मान्छेहरु सिनेमा देखाउन आउँछन्। नाटक गर्‍या हुन्। केही पनि होइन। जनतालाई झुक्याउँछन्। हामीले सचेत गराउनुपर्छ।’

उनले सामाजिक न्यायका पक्षमा, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुबाटोमा लैजान नदिने प्रयासमा सरकार र नेकपा लागिपरेको पनि बताए। ‘हामी धेरै जिम्मेवारी, उत्तरदायीपूर्ण ढंगले लडिरेहका छौं,’ उनले भने, ‘हामीले हाम्रो कर्तव्य ठीक ढङ्गले ठम्याएका छौं। समृद्ध नेपाल सुखी नेपाली। अधिकार-सम्पन्न, अवसरसम्म पुग्न पाउने, पहुँचमा पुग्ने, निर्भय समाजको आवश्यकता छ। हामीले यसलाई राष्ट्रिय आकांक्षा भनेका छौं। यो विश्वकै आवश्यकता हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्