यस्तो बन्दैछ बाइडेनको नयाँ मन्त्रिपरिषद

Joe_Biden
  • 70
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद गठन गरेका छन्। उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन्। रोचक पक्ष के छ भने २६ मन्त्रिस्तरको पदमा १२ जना महिला छन्।

बाइडेन मन्त्रिपरिषद्मा ह्यारिससहित ६ जना अश्वेत, एक आदिवासी अमेरिकन, ४ ल्याटिनो, २ एसियन र १२ जना श्वेत अमेरिकी छन्। विदेशमन्त्रीमा एन्टोनी ब्लिंकेन, अर्थमन्त्रीमा डा. जानेट एलेन, रक्षामन्त्री लोएड अस्टिन, न्यायमन्त्री बेरिक गाल्र्यान्ड, सेक्रेटरी अफ इन्टेरियर डेब हाल्यान्ड, कृषिमन्त्री टम भिल्स्याक र सेक्रेटरी अफ कमर्स जीना राइमान्डो छन्।

श्रममन्त्रीमा मार्टी वाल्स, स्वास्थ्यमन्त्री जेभियर बेसेरा, सहरी विकासमन्त्री मार्सिया फज, यातायात मन्त्री पिट बुटिगेग, ऊर्जामन्त्री जेनिफर ग्रान्लम, शिक्षामन्त्रीमा मिगुएल कार्टोना, भेट्रान अफेयर्स मन्त्रीमा डेनिस म्याकडनग र होमल्यान्ड सेक्युरिटीमा अलेजान्द्रो मेरोकास छन्। सबै मन्त्रीलाई सिनेटको अनुमोदन जरुरी हुन्छ।

राष्ट्रसंघको लागि अमेरिकी राजदूतमा लिन्डा थोमस ग्रिनफिल्ड छन्। यसअघि बाराक ओबामाको मन्त्रिमण्डलमा ४२ प्रतिशत अश्वेत मन्त्री थिए। ट्रम्प प्रशासनमा यो अनुपात जम्मा १२ प्रतिशत थियो। ओबामाको समावेशी सूचकलाई पनि बाइडेन प्रशासनले उछिनेको छ। कतिपय अमेरिकी मिडियाले बाइडेन प्रशासनलाई इन्द्रेणी क्याबिनेको संज्ञा दिएका छन्।

मुलुकको बदलिँदो चाहना र आवश्यकता अनुसार बाइडेनले मन्त्रिपरिषद् गठन गरेको भन्दै नागरिक आन्दोलनका अगुवाले प्रशंसा गरेका छन्। एसियाबाट नीरा टन्डन र क्याथरिन टाइ मन्त्रीमा नियुक्त भएका छन्। अमेरिकाको कूल जनसंख्यामा एसियन अमेरिकन संख्या ६ प्रतिशत छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्