प्रतिगमन सच्चाउन सँयुक्त आन्दोलनमा जानैपर्छ: चित्रबहादुर केसी

chitra bahadur kc
लोकपाटी न्यूज
0 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन्। जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले राजनीतिक दल, नागरिक समाज लगायतले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा उनले भने, ‘संयुक्त आन्दोलनमा नगई यो प्रतिगमन सच्चिनेवाला छैन।’

जननिर्वाचित संसदलाई कोठा भित्र बसेर विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको अध्यक्ष केसी बताउँछन्। उनले कार्यक्रममा भने, ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि नबसीकन उहाँले विद्या भण्डारीसित सल्लाह गरेर दुई जनाको मिलीमतोमा संसद विघटन गर्नुभयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्