बालुवाटारमा संघियता खारेज गर्ने छलफल चल्यो-जनार्दन

Janardan sharma
  • 4.7K
    Shares
लोकपाटी न्यूज

सुर्खेत। नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन्।

‘एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ नेता शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो। यस्ता दिवास्वप्न हामी पूरा दिने छैनौं।’

शर्माले अब केपी ओली समूहसँग एकता असम्भव रहेको बताए। ‘राष्ट्रघाती, जनघातीसँग एकता हुनसक्दैन, जनताको अधिकार खोस्नेसँग एकता चाहिँदैन’ उनले भने। आफूहरु पद प्रतिष्ठाको नभइ नागरिकलाई संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने लडाइँमा रहेको नेता शर्माको भनाइ छ। उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्