काठमाडौंमा आज नेकपाको शक्ति प्रदर्शन, कहाँबाट कुन नेताले निकाल्दै छन् जुलुस ?

Prachanda_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपाले आज प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ। काठमाडौं उपत्यकाका लगायत विभिन्‍न जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड-नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन।

शुक्रबार बिहान काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ। विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व नेकपा स्थायी समिति सदस्यहरुले गर्ने छन्। जुलुसपछि रत्नपार्कमा हुने विरोधसभालाई नेकपाका अध्यक्षद्वय नेपाल र प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

कुन जुलुसको नेतृत्व कसले गर्ने ?
– माइतीघरको जुलुश : नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडालगायतका नेता/कार्यकर्ताहरु
– डिल्लीबजार चारखालको जुलुस : नेतृत्व वर्षमान पुन र वेदुराम भुसाललगायतका नेता/कार्यकर्ताहरु
– लैनचौरको जुलुस : नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेता/कार्यकर्ताहरु
– त्रिपुरेश्वर जुलस : देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेता/कार्यकर्ताहरु
– प्रदर्शनी मार्गको जुलुस : घनश्याम भुसाल र जनार्दन शर्मालगायतका नेता/कार्यकर्ताहरु
– शान्तिवाटीकाको मजदुरको जुलुस : नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईलगायतका नेता/कार्यकर्ताहरु
– त्रिचन्द्र कलेज जुलुस : देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेलगायतका नेता/कार्यकर्ताहरु
– वाल्मिकी क्याम्पसको जुलुस : अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठलगायतका नेता/कार्यकर्ताहरु

विभिन्‍न ठाउँबाट आएका जुलुस रत्पार्कमा एकिकृत भएर मूल जुलुसमा परिणत भइ भृकुटीमण्डपतर्फ जानेछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सोविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन्। सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहे पनि दाहाल-नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्