लुम्बिनी चिनी मिल संचालनमा आउनेः स्थानीयले बुझाए जिल्ला प्रशासनमा ज्ञापन पत्र

pic 1
  • 52
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी, ९ माघ। लुम्विनी चिनी मिल पुन संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानियहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लागाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन्।

विगतका बर्षहरुमा चिनी मिलको प्रदुषणले आक्रान्त वनेका स्थानियहरुले बातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिनै बनाएका छन्। संघर्ष समितिले चिनी मिलले वातावरणीय र सामाजिक दायित्वनै पुरा नगरी पुन संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणी पाठकलाई ज्ञापन पत्र वुझाएको हो।

विं.सं २०६३ सालमा लुम्विनी चिनी मिल, तत्कालिन सात राजनितिक दल र स्थानीय सरोकारवालाहरु बिच भएको समझदारीको कुनै वास्तै नगरी पुन संचालन गरेको प्रति गम्भिर ध्यनाकार्षण भएको संधर्ष समितिले जनाएको छ। संघर्ष समितिका अनुसार चिनी मिलले प्रदुषण नियन्त्रण नगरेको, चिनीमिलबाट प्रत्यक्ष असर पर्ने क्षेत्रहरुमा समाजिक दायित्व पूरा नगरेको, किसानको भुत्तानी गर्नुपर्ने रकम भुत्तानी नगरेको र विगत दुई बर्ष देखि वन्द रहेको चिनी मिल प्रदुषण नियन्त्रण र प्रत्यक्ष प्रभावित क्षेत्रहरुमा मर्मत सम्भार नै नगरी पुन संचालनमा ल्याएको भन्दै सघर्षका कार्यक्रम अन्तरर्गत ज्ञापन पत्र वुझाएको संघर्ष समितिका संयोजक कृष्ण के।सिले जानकारी दिए।

उद्योगको मापदण्ड पूरा गरेर वातावरणीय प्रदुषण नियन्त्रणका उपाय अवलम्वन र उखु कृषकहरुको रकम समेत भुत्तानी गर्ने सुनिश्चतता हुनुपर्ने स्थानीयहरुको माग रहेको छ। यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रमहरु संचालन गर्ने संघर्षसमितिका सचिव जिवन पौडेलले बताए। यता लुम्विनी चिनी मिलले भने नयाँ व्यवस्थापनका साथ प्रदुषण नियन्त्रणमा संवेदनशिल हँुदै संचालनको तयारीमा रहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्