कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

Krishi-Bikas-Bank
  • 54
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ।

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत) देखि लेखपाला (चारौं तहको सहायक)  सम्मका कर्मचारी माग गरेको हो। बैंकले समावेशीतर्फ महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समेत कर्मचारी माग गरेको छ।

बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत् आवेदन पेश गर्न सकिने छ। आवेदकले अनलाइनमार्फत दरखास्त फराम भरी आवेदन गरेपछि परीक्षा दस्तुर बापतको रकम कृषि विकास बैंकको मोबाइल एप, कनेक्ट आईपीएस, ईसेवा, फोनपे वा खल्ती डिजिटल वालेटबाट अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ।

ADB_Notices_2077_10_09.indd

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्