वागमतीमा आफ्नो पार्टीको सरकार बनाउने कसरतमा देउवा

Sher_Bahadur_Deuba
  • 194
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न बसेको नेपाली काँग्रेसका नेताहरूको बैठक ठोस निर्णयबिनै सकिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले वागमतीमा जसले मुख्यमन्त्री काँग्रेसलाई दिन्छ उसैलाई सहयोग गर्ने बताएका छन्।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा आज प्रस्तुत हुँदै छ। अविश्वास प्रस्तावमा काँग्रेसको धारणा तय गर्न शुक्रवार सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा अनौपचारिक बैठकमा बोलाएका थिए। बैठकमा देउवाको जुन पक्षसँग मिल्दा पार्टीको हित हुन्छ त्यसलाई साथ दिने बताएका हुन्।

नेता डा. रामशरण महतले अविश्वास प्रस्ताव पहिला टेबल भएपछि त्यसबारेमा ठोस निर्णय हुने बताए। ‘जे गर्दा पार्टीको हित हुन्छ त्यही गर्छौं। हामी प्रतिपक्ष हौं। यदि हाम्रै नेतृत्वमा सरकार बन्ने अवस्था आए पछि हट्दैनौं,’ उनले भने। नेता महतले सत्तारुढ दलबाटै अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा विधि, पद्धति र प्रक्रियाको कुरा हेरेर निर्णय लिइने बताए।

प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ। १ सय १० सांसद रहेको वागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ जना सांसद आवश्यक पर्छ। नेकपा विभाजित भएको हालको अवस्थामा ओली पक्षसँग ३६ र प्रचण्ड-नेपालपक्षसँग ४४ सांसद रहेको बताइएको छ।

मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद अपुग देखिन्छन्। यस्तो अवस्थामा प्रदेशसभामा २२ सांसद रहेको काँग्रेस निर्णायक हुने देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्