प्रधानन्यायाधीशले भने ‘अन्तिम फैसला आउँन ढिला हुन्छ, छोटो बहस गर्नुस्’

CholendraSamsher_jabara_Rana
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कानून व्यवसायीहरूलाई छोटो बहस गर्न आग्रह गरेका छन्। प्रधानन्यायधीश राणाले शुक्रबारको बहसमा कानून व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका हुन्।

प्रतिनिधि सभा बिघटनविरुद्ध १३ वटा रिट निवेदन भएको भन्दै ठूलो संख्यामा कानून व्यवसायीहरूले वकालतनामा भरेकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै छोटो बहस गर्न आग्रह गरेका हुन्।

कानून व्यवसायी कोपिलप्रसाद अधिकारी बहसका लागि उभिएपछि राणाले १० मिनेटमा बहस सिध्याउन भने। अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे। त्यसपछि प्रधानन्यायाधीशले भने, ‘हामीले पटकपटक भनिरहेका छौं। अवस्था यस्तै छ। तपाईंहरू झन्डै तीन सय जना हुनुहुन्छ।’

त्यसपछि अधिकारीले आफू नाम मात्रै लेखाउन नआएको जवाफ दिए। अधिकारीको जवाफ सुनेपछि समयको ख्याल गर्न रिट निवेदकहरू नै अगाडि बढ्नुपर्ने आशय राणाले व्यक्त गरे उनले भने, ‘दुई महिना लिन्छौं भने पनि दिन्छौं, तर सक्नु पर्ला नि मुद्दा त।’