केपी ओली नश्लयीय चिन्तनबाट ग्रसित छन्ः महतो

Rajendra-Mahato
  • 277
    Shares
लोकपाटी न्यूज

सप्तरी। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन्। शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित रहेको बताए।

‘प्रतिगमनकारीको पतन भएको छ र उनको पनि हुन्छ,’ उनले भने, ‘तर पतन हुने बेलामा मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेका छन्।’ उनले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताए। प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने उनको भनाई छ।

उनले अहिलेको समस्याको समाधान चुनाव वा पुनस्थापना दुवैले दिन नसक्ने जिकिर पनि गरे। ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुनस्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ।’

उनले अगाडि भनेका छन्, ‘शासकवर्ग औपनिवेशिक र नश्लयीय चिन्तनबाट ग्रसित रहेकाले संसद पुनस्थापनाबाट र चुनावबाट पनि देशमा स्थायी समाधान आउँदैन। जबसम्म सबै नेपालीको संविधानप्रति अपनत्व कायम हुँदैन। तबसम्म स्थायी समाधान हुँदैन। यसका लागि राष्ट्रिय मुक्ति आन्दोलनले पूर्णता लिनु जरुरी छ।’

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएको महतोले आरोप लगाए। नेपालमा कम्युनिस्ट र कांग्रेस असफल भएको दाबी गर्दै उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्