काठमाडौं। अब फेसबुक तथा इन्स्टाग्राममा पोस्ट भएका तस्वीरमा आफै क्याप्सन आउने भएको छ। हालै आएको नयाँ फिचरले तपाईंलाई तस्वीर विश्लेषण गरेर उपयुक्त क्याप्सन सिफारिस गर्नेछ।
यस किसिमको सिस्टम दृष्टिविहीन प्रयोगकर्ताका लागि लक्षित गरी ल्याइएको फेसबुकले जनाएको छ। ताकि भविष्यमा ती प्रयोगकर्ताहरुले आफ्नो तस्वीर चाँडै नै फेला पार्न सकुन्। इमेज मेटाडेटामा भएको ‘अल्ट टेक्स्ट’ एउटा फिल्ड हो, जसले कुनै पनि तस्वीर सामग्रीलाई विस्तृत रुपमा व्याख्या गर्दछ।
उदाहरणका लागि ‘व्यक्ति घोडासँग खेतमा उभिरहेको छ’ वा ‘कुकुर जहाजमा बसेको छ’। यसको मद्दतबाट आखाँ देख्न नसक्ने व्यक्तिहरुले पनि तस्वीरको व्याख्या पढेर सबै कुरा कल्पना गर्न सक्छन्।
पछिल्लो केही वर्षदेखि फेसबुक र इन्स्टाग्रामले तयार पारेको उक्त प्रविधि अहिले सबैका लागि पहुँच योग्य बनाएको छ। फेसबुकले २०१६ मा आफ्नो ‘अटोमेटिक अल्ट टेक्स्ट’ सिस्टम बनाएको थियो। मसिन लर्निङको क्षेत्रमा यो लामो समयदेखि काम गरिएको परियोजना थियो। हालसम्म कम्पनीले यसमा धेरै संसोधन गरेको छ।
यसलाई थप छिटो र विस्तृत बनाएको कम्पनीले उल्लेख गरेको छ।
पछिल्लो अपडेटमा माग अनुसार थप विस्तृत व्याख्या दिने विकल्प यसमा थप भएको छ। यस प्रविधि सुरु भएयता १० गुणा थप सुधार भएको फेसबुकले जनाएको छ।
हाल यसले १२ सयभन्दा धेरै वस्तुहरुलाई पहिचान गर्दछ। साथै यसको व्याख्या पनि थप विस्तृत बन्दै गइरहेको छ। टेकपानाबाट