देशलाई राजनीतिक अस्थिरतामा लगियो : रामचन्द्र पौडेल

Ramchandra-Poudel
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडाौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् बिघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा बिहीबार आयोजना गरेको विरोधसभामा नेता पौडेलले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लागेको आरोप लगाए।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए। काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्